बीस रूपियाँ टुरिष्ट टयाक्सदानपालाई आर्थिक निर्भर होइन,पैसा कमाउँने माध्यम हो: गुरूङ

Date:

दार्जीलिङ 28 नोभेम्बर: दार्जीलिङ नगरपालिकाको बर्तमान बोर्डले कानूनलाई ताकमा राखेर टुरिष्ट टयाक्स उठाउँने काम गर्दैछ यो मनतब्य हाम्रो पार्टी केन्द्रीय समिति सदस्य कार्यकर्ता फिन्जो वाङगेल गुरूङले पोखेको हो।हाम्रो पार्टी केन्द्रीय सदस्य फिन्जो वाङगेल गुरूङले बताए अनुसार पश्चिम बंगालको नगरपालिकाहरूले टुरिष्ट टयाक्स उठाउँन सक्दैन।टुरिष्टहरू र गाडीहरूबाट फिस उर्फ शुल्क संग्रह गर्ने प्रवाधान छ तर त्यसको निम्ति नगरपालिकाले आफ्नो पक्षबाट केही सेवाहरू प्रदान गरेको हुन पर्छ,सित्थैमा नगरपालिकाले टुरिष्टहरूबाट शुल्क उठाउँने प्रवाधान नरहेको गुरूङले बताए।तिनले अझ भने नगरपालिकाले टुरिष्ट शुल्क संग्रह गर्न अधि बोर्ड अफ कमिशनर उर्फ वीओसीको बैठक डाक्नु पर्छ अनि बोर्डमा प्रस्ताव पारित गरेको हुन पर्छ तर दार्जीलिङ नगरपालिकाले वीओसीको बैठक समेत बोलाएनन यहाँसम्म की विपक्षीका निर्वाचित नगरपार्षद एंव नगरपाषर्दिकाहरूलाई बेवास्ता गरेर प्रत्येक टुरिष्टहरूबाट 20 रूपियाँ टुरिष्ट टयाक्स लिने घोषणा गरेको छ।पश्चिम बंगालको कुनै पनि नगरपालिकाले टुरिष्ट शुल्क उठाउँन अधि बोर्ड अफ कमिस्नर बैठक डाक्नु पर्छ अनि टुरिष्ट शुल्क कति संग्रह गर्ने भन्ने विषयमाथि बैठकमा निर्णय लिइन्छ तर दार्जीलिङ नगरपालिकाको बर्तमान बोर्डले यस्तो केही नगरी पश्चिम बंगाल नगरपालिका एक्टलाई ताकमा राखेर प्रत्येक टुरिष्टहरूबाट 20 रूपियाँ टुरिष्ट टयाक्स संग्रह गर्ने घोषणा गरेको गुरूङले बताए।तिनले अझ भने पश्चिम बंगाल नगरपालिका 1993 को धारा 94 ए अन्तर्गत टुरिष्टहरूबाट संग्रह गरिने शुल्क प्रति ब्यक्ति 3 रूपियाँ भन्दा माथि संग्रह गर्न सक्दैन तर दार्जीलिङ नगरपालिकाको बर्तमान बोर्डले 20 रूपियाँ टुरिष्ट टयाक्स उठाउँने घोषणा गरेकोले स्पष्ट हुन्छ दार्जीलिङ नगरपालिकालाई आर्थिक रूपमा निर्भर बनाउँनु होइन तर पैसा कमाउँने उदेश्यले गरेको हो भन्ने प्रमाणित हुन्छ हाम्रो पार्टी केन्द्रीय समिति सदस्य फिन्जो वाङगेल गुरूङले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

Subscribe

spot_imgspot_img

Popular

More like this
Related

“Bengal Rattles as Bangladesh Experiences 5.6 Magnitude Earthquake Shocks”

image from google Various regions of West Bengal experienced tremors...

PM Modi emphasized the profound impact of climate change on countries in the Global South.

Following his participation in the Conference of Parties-28 (COP28)...

4G Towers Approved for Pashupati Fatak, Simana, Poolkhola, and Adjoining Villages in Darjeeling District

In a significant development, residents of Pashupati Fatak, Simana,...