GJM 1 तीन्धारे घैयाबारी महानदी समष्टि कमिटि गठन

दिनांक 02-09-2021 को दिन तीन्धारे घैयाबारी महानदी समष्टि समितिको गठन कार्यक्रम तिन्धारे जन सेवा संघ राजबाडिमा आठ वटा ब्लकलाई लिएर खरसाङ महकुमा अध्यक्ष श्रीमान प्रदिप मंगरको सभापतित्वमा सम्पन्न भयो। सभामा गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिबाट बिमल दर्जी खरसाङ महकुमा सचिव सुरज छेत्री प्रवक्ता दिपेन्द्र देवान लगायत समष्टिका प्रतिनिधि लगायत नारी मोर्चाका सदस्यहरु पनि उपस्थित रहेको थियो। समष्टिलाई सांगठनिक हिसाबले अझ सुदृढ बनाउन आज गठन भएको कमिटिका सभापति – आइतमान राईसचिव- शुरेश चन्द्र दर्नाल उपसभापती- समिर तामाङ, तिलक चन्द्र थापासह-सचिव – सागर छेत्री, नारायण छेत्रीकोषाध्यक्ष – मेगराज प्रधान सह-कोषाध्यक्ष – राजु गुरुङसांगठनिक सचिव – दिपक प्रधानसल्लाहकार – आर० एन० प्रधान, महेस राई, सविन तिवारी, वाणी विलास सिंह अनि कार्यकारीणी सदस्यहरु लगाएर जम्मा २६ जनाको कमिटी गठन गरियो।