98 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

Spread the love

98 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

तीनधारेको स्मृति वनमा सम्पन्न एक कार्यक्रमबीच गोजमुमो, हाम्रो पार्टी र अन्य पार्टीहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। तीनधारे चियाबारीबाट 62 घर, महानदीको तिरसठ लाइनबाट 24 घर अनि नरबुङ चियाबारीबाट 12 घर गरी जम्मा 98 घरहरू भागोप्रमोमा सामेल भएका छन्।

युवा मोर्चा खरसाङ महकुमा समितिको सह सचिव युवराज प्रधान, युवा मोर्चा तीनधारे चियाबारीको शाखा सभापति विकास प्रधान, तीनधारे महानदी समष्टिको सदस्य रोशन तामाङ, डीटीडीपीएलयु तीनधारे चियाबारीको सचिव संजोग राईसहित तीनधारे चियाबारीको 62 घर परिवारहरू भागोप्रमोमा सामेल भएका छन्। त्यसरी नै महानदीको तिरसठ लाइनबाट हाम्रो पार्टीको योगेन कार्की र प्रशान्त राईको अगुवाईमा 24 घर परिवारले भागोप्रमोमा समर्थन जनाएका छन्। हाम्रो पार्टीको तिरसठ लाइनको उप सभापति अमीत छेत्री र दिपेन शंकर, सचिव जितेन त्रिखत्री, कोषाध्यक्ष पेम्बा तामाङ लगायत 24 घर परिवारले समर्थन जनाएका छन्। त्यसरी नै नरबुङ चियाबारीको 12 घरले समर्थन जनाएका छन्। यस सामेल कार्यक्रममा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, तीनधारे महानदी समष्टिको को-अर्डिनेटर राजीव थापा, युवा शक्तिको साजन दर्जी लगायत अन्यको बाहुलीबाट झण्डाहरू प्रदान गरी पार्टीमा स्वागत गरिएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *