४२ नम्बर समष्टि बाट युवाहरु मोर्चामा सामेल

Spread the love

दार्जीलिङ, ४ सेप्टेम्बर: आज कालेबुङ जिल्ला अन्तर्गत ४२ नम्बर समष्टी चारखोल अनि समलबुङबाट १२ जना युवाहरूले गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङलाई भेटेर गोर्खा जनमुक्ति मोर्चालाई समर्थन जनाएका छन्। अनित खेमालाई त्यागेर उनीहरू आज देखि गोजमुमोमा सामेल हुँदै अब उसो गोजमुमोमै रहेर आफ्नो गाउँ, समाज र जातिको निम्ति काम गर्ने बताएका छन्।

एड्रिन गूरूङ (रवि) को नेतृत्वमा सिंहमारी पार्टी कार्यालय आई पुगेका युवाहरुले बिगतका दिनहरुमा जीटीए-२ का नेतृत्वहरुले आफुहरुलाई राजनैतिक रुपले भिक्टिमाइज मात्रै गरेको अनि केवल आफ्नो श्वार्थपूर्तीको निम्ति मात्र राजनीति गरेकोले पढेर पनि आफुहरुले केही काम पाउन नसकेको बताए। त्यसैले अब उसो अध्यक्ष बिमल गुरुङमाथी नै आशा र भरोषा राखेर सबैको बिकास र उन्नतीको निम्ति, रोजगारको संसाधनहरू जुटाउनको निम्ति अघि आउने उनीहरूले बताएका छन्।

उनीहरूलाई ‌अध्यक्ष बिमल गुरुङले अब केवल कसैको राजनीतिक फाईदाको निम्ति मात्रै युवाहरु प्रयोग हुनु नहुने, नराम्रो बाटोतीर नलाग्ने बताउँदै युवाहरुले अब स्वलम्बी बन्ने दीशामा पनि पाईला चाल्नु पर्ने र त्यसको निम्ति आफु स्वयंले पनि युवाहरुलाई सहयोग पुऱ्याउने बताए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *