लद्दाखका सांसद द्वारा लद्दाख भ्रमणको निम्ति बिधायक निरज जिम्बालाई निमन्त्रणा ।

Spread the love

लद्दाखका सांसद जाम्याङ छिरिङ नामग्याल अनि बिधायक निरज जिम्बा हिज बागडोग्रा हवाई अड्डा अतिथि कक्षमा भेटघाट गरेका छन् । बिधायक निरज जिम्बाले गोर्खा टोपी ओडाएर स्वागत जनाउदै सम्मान जनाएका थिए भने सांसद नामग्यालले लद्दाखी सांस्कृतिक परम्परागत टोपी भेट गरि बिधायक निरज जिम्बालाई सम्मान जनाए। दार्जिलिङ पहाडको राजनैतिक विषय लिएर लामो चर्चा परिचर्चा गरेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् । भेटघाटको क्रममा लद्दाख स्वायत्त पहाडी बिकास Slot Terpercaya परिषदका अध्यक्ष एवं प्रमुख कार्यकारी परिषद टाशी ग्याल्सन पनि उपस्थित रहेका थिए । भेटघाटको क्रममा गोर्खाहरुको स्थायी राजनैतिक समाधान विषय लिएर गहन रुपमा चर्चा परिचर्चा गरिएको र कोलकातामा चलिरहेको बिधानसभाको अधिवेशनमा मेरो

पुर्वाभ्यासले गर्दा दार्जीलिङमा भेट्न नसकेको बिधायक निरज जिम्बाले जानकारी दिएका छन् । हाम्रो चर्चा परिचर्चाको क्रममा लद्दाख स्वायत्त पहाडी बिकास परिषदका अध्यक्ष एवं प्रमुख कार्यकारी परिषद टाशी ग्याल्सन अनि सांसद नामग्यालले केन्द्र शासित प्रदेश अन्तर्गत स्वायत्त Link Slot Gacor परिषदको कार्यप्रणालीको निरीक्षण गर्न लद्दाख भ्रमण गर्न निमन्त्रणा दिनु भएकोमा म वहाँहरु प्रति आभारी छु भनी जिम्बाले जनाएका छन् । यसैक्रममा सांसद नामग्यालले दार्जीलिङ पहाडले छैटौं अनुसूची जस्तो संवैधानिक ब्यवस्थालाई नकारेकोमा पनि दुख व्यक्त गरेको जिम्बाले आफ्नो बयानमा जनाएका छन् । वहाँहरु संग नजिकमा रहेर कार्य गर्न र हाम्रो क्षेत्र र गोर्खाहरुको लामो समय

देखि राजनैतिक आंकाक्षा पूरा गर्न वहाँहरुको समर्थन अनि हस्तक्षेपको निम्ति निवेदन गरेको छु साथै वहाँहरुले अब गोर्खाहरुको स्थायी राजनैतिक समाधानको निम्ति सहकार्य गरेर कार्य गर्ने साथै अबउसो दार्जीलिङ क्षेत्रको सहसांसद भएर कार्य गर्ने वचन दिएको जिम्बाले जनाएका छन् । दार्जीलिङका जनताको तर्फबाट हाम्रो लामो समय देखि सांस्कृतिक , ऐतिहासिक अनि राजनैतिक समस्याको उजागर गर्दै ऐतिहासिक बक्तब्य दिनु भएकोमा सांसद नामग्याल लाई आभार व्यक्त गर्दै कृतज्ञता प्रकट गर्दछु वहाँको यो कदमले गर्दा BO Slot Gacor आज पहाडवासीमा राजनैतिक चेतनाको आभास भएको मैले आभास गरेको छु भनी जिम्बाले जनाएका छन् । वहाँहरुको भ्रमणले हाम्रो मित्र लद्दाखी दाज्युभाईहरुले देखेको सपना पूरा भएको र हाम्रो जनताको यथाशीघ्र राजनैतिक समाधान गर्ने र साकार पार्ने सपना पूरा गर्ने दिशा तर्फ हामी अडिग रहेर कार्य गरिरहेको बिधायक निरज जिम्बाले आफ्नो बयान जारी गरेका छन् ।

NAC NEWS INDIA


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *