रूपियाँ पैसामा जनमत निलामी हुदैछ!

Spread the love

रूपियाँ पैसामा जनमत निलामी हुदैछ!
राज्य सरकारले अनित थापालाई अधि राखेर पहाड अशान्ती बनाउँने काम गर्दैछ: अजय एडवार्डस
दार्जीलिङ 24 नोभेम्बर: राज्य सरकारले अनित थापा लाई अधि राखेर शान्तीमय दार्जीलिङ पहाडलाई अशान्ती बनाउँने काम गर्दैछ भन्ने आरोप हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले लगाएको छ।गणतन्त्रमा सवै भन्दा ठूलो जनताको मत हो।जनताले आफ्नो बहुमूल्य मत दिएर चयन गरेको जन प्रतिनिधि हरूलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चीफ अनित थापा दाजुहरूले लाखौ करोडौ रूपियाँ पैसाको प्रलोभन देखाउँदै किन्ने काम गर्दैछ भन्ने आरोप लगाए।दार्जीलिङ पहाडमा विगत 35,40 बर्षपछि गणतन्त्र आएको छ।जीटीए सभामा विपक्ष खडा भएको छ।विपक्ष विनाको गणतन्त्रलाई गणतन्त्र भन्ने कदापी मिल्दैन तर यहाँ रूपियाँ पैसाको प्रलोभन देखाउँदै जन प्रतिनिधि फटाफट किन्न काम हुदैछ अनि यो काम राज्य सरकारको इशारामा भई रहेको हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले आरोप लगाए।तीस,चालिस बर्षपछि दार्जीलिङ पहाडमा बल्ला बल्ला गणतन्त्र आएको छ,यसलाई राज्य सरकारले अनित थापालाई अधि सारेर विगाडने काम गर्दैछ भन्ने अध्यक्ष एडवार्डसले पूनः आरोप लगाए।हाम्रो पार्टीको पाँच जना नगरपार्षदहरू आज रूपियाँ पैसाको प्रलोभन मा परेर भागोप्रमोमा सामेल भएका छन अनि मैले शुरूदेखि नै भन्दै आएको हो जसलाई जनताको सेवा गर्नुछ उनीहरू हाम्रो पार्टीमा आउँ तर जसलाई रूपियाँ पैसा कमाउँनु छ उनीहरू अनित थापा दाजुको पार्टीमा जाने बताई सकेको थिए।आज भागोप्रमोमा सामेल हुने हरू नगरपार्षदहरू सवै रूपियाँ पैसा भएकाहरू नै छन तर आर्थिक ठीक नहुने नगरपार्षदहरूले आफ्नो इमान बेच्ने काम गरेको छैन।भोली के हुन्छ मलाई थाहाँ छैन तर आजसम्म दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड रहेको अध्यक्ष अजय एडवार्डसले बताए।प्रमोस्कर ब्लोन भागोप्रमोमा सामेल हुन अधि मैले भनेको थिए उसको अफिस तयारी भई सकेको छ भनेर जो हिज उदघाटन गरेको पनि अध्यक्ष एडवार्डसले बताए।यी नगरपार्षदहरूलाई सिलगढीमा फ्ल्याटसंग संगै लाखौ रूपियाँको अफर अनित दाजुले दिएको हो अनि यो कुरा आफुलाई नगरपार्षदहरूले नै बताएको अध्यक्ष एडवार्डस ले बताए।जनताको मत रूपियाँ पैसामा किन्न थालेपछि पहाडमा गणतन्त्र भन्ने रहेन भन्ने हाम्रो पार्टी अध्यक्ष एडवार्डसले बताए।पहाडमा गणतन्त्र ल्याउँन हो भने जनताको मत रूपियाँ पैसामा किन्नेहरू विरूद्व एकबद्व हुन अति नै जरूरी रहेको तिनले बताए।हामी जनताको सेवा गर्न आएका हौ अनि जनताको सेवा गर्न आएकाहरू सवै एकबद्व हुन अति नै जरूरी रहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले दोहोराए।

NAC NEWS INDIA


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *