भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दोस्रो स्थापना दिवस कार्यक्रम मा मुख्य अतिथिको रूपमा उपस्थित डा हर्क बहादुर छेत्रीको सम्बोधनको अंश:

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दोस्रो स्थापना दिवस कार्यक्रम मा मुख्य अतिथिको रूपमा उपस्थित डा हर्क बहादुर छेत्रीको सम्बोधनको अंश:
- म यहाँ उभिएको छु अनित थापाको सोच संग मेरो सोच मिलेर हो। एउटा पार्टीको अध्यक्ष अर्को पार्टीको कार्यक्रम मा आएर बोल्नु कुनै अनौठो अनि नयाँ कुरा होइन।
- दिल्लीमा गएर मनिष सिसोधिया संग भेटेर उनीहरूको शिक्षा मोडल अध्ययन गर्ने सोच राखेका छौ।
- झिंगा अनि मौरी हेर्दा एउटै देखिन्छ तर दुइटा कै ब्यौरा अलग अलग छ। जनताले बुझ्नु पर्छ को मौरी अनि को झिंगा हुन।
- 21 मई को दिन मदन तामाङको हत्या भएको थियो। 26 मई को दिन म खरसाङ आएको थिए। त्यो दिनको कार्यक्रम आयोजना गर्ने अनित थापा नै थिए। भीड भरपूर थियो। यदि खरसाङ ले पनि दार्जीलिङ्ग ले जस्तै सडक सुनसान राखेको भए, दैलो बन्द गरेर खिर्की बाट चियाएको मात्र भए मलाई लाग्छ गोर्खा जनमुक्ति मोर्चा त्यही समय खतम हुने थियो।
- स्कुल सर्भिस कमिसन सरकारले नै बनाउनु भनेर धेरै अघि भनेका थिए। 3 सदस्यीय कमिटी बनाउने पत्र सम्म सरकार बाट आएको थियो।
- पहाडको विकास गर्नु हो भने झण्डा हुनु नै पर्छ भन्ने छैन।
- 31/12/2011मा केन्द्र सरकारले GAA (Gorkha Administrative Authority) लाई कानुन बनाउने शक्ति पनि दिने भएको थियो। तर मोर्चाले यो माथि काम नगरेर अरु विषयमा नै काम गरे।
- जुन पार्टीले सही काम गर्दैछ त्यही पार्टी हाम्रो भन्ने सोच राखेर काम गर्नुपर्छ।
- मैले अमित शाह बाहेक भाजपा का अन्य प्राय सबै नेताहरु संग बसेर बात गर्ने मौका पाए। दिल्ली धर्ना समय हामीले राजनाथ सिंह लाई भेट्नु गएका थियौँ। तर हाम्रो विषयमा नसोधेर अर्कै समुहको विषयमा सोधे। यसको अर्थ के हो? यस्तो सोच राख्छ भाजपा। भाजपाको चरित्र नै यस्तै छ। राजु विष्टलाई एम पि बनायो विमल गुरुङले तर विमल गुरुङको खुट्टाको नाप नै बताई दियो विष्टले।
- राजनीतिमा पस्ने मान्छे गैडाको छाला भएको व्यक्ति हुनु पर्छ। यदि त्यस्तो नभएको भए आज अनित थापा जी टी एको प्रमुख नभएर अस्पतालमा हुनु पर्ने।
- अहिले पहाडमा जी टी एको अध्यक्ष लाई प्रश्न गर्न सक्ने वातावरण छ। त्यस्तो वातावरण 2017 अघि थियो?
- आज सरकार संग मिल्छु भन्ने पहाडमा छ, सरकार मिल्यो भने पहाडमा विकास गर्छु भन्ने छ। यहाँ काम गर्ने वातावरण छ। पहाडले मौका चुकाउनु हुँदैन।
- चिन्हारी को सिल्लेबस् विकासको syallabus सँग मिसाउनु हुँदैन।
- जहाँ जहाँ म उपयोगी हुन्छ त्यहाँ त्यहाँ म तपाईहरु संग उभिएको हुनेछु।