गोर्खा जनमुक्ति मोर्चा पार्टी कार्यालय सिंहमारीमा गोर्खा प्राथमिक शिक्षक संगठन केन्द्रीय समितिको आयोजनामा

आज गोर्खा जनमुक्ति मोर्चा पार्टी कार्यालय सिंहमारीमा गोर्खा प्राथमिक शिक्षक संगठन केन्द्रीय समितिको आयोजनामा दार्जीलिङ महकुमा समिति अन्तर्गतको बिभिन्न क्षेत्रीय समिति पदाधिकारीहरु लाई लिएर एउटा सभा गोर्खा प्राथमिक शिक्षक संगठन केन्द्रीय समिति मुल सचिव श्री सत्यपाल राईको संचालन र अध्यक्ष श्री सत्यवन गिरीको अध्यक्षता सम्पन्न भयो।शिक्षा, शिक्षक अनि शिशुहरुको बिबिध बिषयहरुमा राखिएको आजको सभा दार्जीलिङ महकुमा अन्तर्गतको बिभिन्न क्षेत्रीय समिति पदाधिकारीहरु र केन्द्रीय समिति कार्यकारीणी अनि प्रमुख सल्लाहकारगणको उपस्थितिमा सम्पन्न भएको थियो। आजको सभाको मुख्य बिषय यस प्रकारको थियो- सभाको बिषयहरु: १) सांगठनको मजबुती र सदश्यता बडोतरी। २) शिक्षकगणको स्थानान्तरण बिषय। ३) ग्रेड पे एरियर। ४) A ग्रेड बाट B ग्रेडमा परेका शिक्षक शिक्षिका हरुलाई पुनः A ग्रेडमा सार्नुपर्ने मांग बिषय। ५) प्रधान शिक्षकको निम्ति प्रयासरत शिक्षकहरुको मांग बिषय।