“गोकुल सिन्हा सर जस्ता हस्तीहरुको पहलमा नै भारतीय गोर्खाको समस्याको समाधान हुनेछ भन्ने मेरो विचार छ।” अनित थापा


“गोकुल सिन्हा सर जस्ता हस्तीहरुको पहलमा नै भारतीय गोर्खाको समस्याको समाधान हुनेछ भन्ने मेरो विचार छ।” अनित थापा
डा गोकुल सिन्हा। उनी पहाडको एक टाकुरा नै हुन्। पहाडले चिनेको गोकुल सिन्हा एक साहित्यिक महारथी, अनुवादक, लेखक, चिन्तक। उनको कृतिहरू नपढ्ने सायाद कुनै पनि नेपाली भाषाका शोधकर्ताहरु छैनन् होला।
तर मैले चिनेको डा गोकुल सिन्हा मृदु भाषी, दार्जीलिङ्ग पहाडलाई अत्यन्तै माया गर्ने, पहाडको निम्ति सकारात्मक सोच राख्ने, केही गरौं भन्ने जोश अनि हिम्मत भर्ने एक सरल व्यक्ति।
आज बिहान उनको वासस्थानमा गएर उनलाई भेटे। सँगै बसेर चियाको चुस्की लिँदै पहाडको अवस्था, राजनीति, विकास, भविष्य माथि विचारहरू आदान प्रदान गर्यौ। मैले पनि नयाँ समीकरणको अवधारणा अनि आवश्यकता माथि आफ्नो विचार राखे। शिक्षित समूहहरूको मार्गदर्शनको आवश्यकता माथि जोड दिए। अनुभवी व्यक्तिहरूको अनुभव अनि भिजनको आवश्यकता आजको पहाडलाई जतिको छ सायद बितेको दिनमा थिएन।
नयाँ समीकरण केवल राजनेता अनि समर्थकहरुको झुण्ड मात्र बनिने छैन। पहाडलाई केन्द्रमा राखी पहाडलाई राम्रो पहाड कसरी बनाउने सोच राख्ने हरेक पहाड वासीको समागम नै नयाँ समीकरण हो। यस समीकरणमा केवल भाषणको ज्ञान होइन तर पहाडको अर्थ, शिक्षा, पर्यटन, भाषा, संस्कृति, कला आदि विषयका बौद्धिकहरूको पनि समावेश रहनेछ।
माटो प्रेमी सिन्हा सर नयाँ समिकरण को निम्ति ऊर्जा नै हुन। नयाँ समीकरण ले पहाड अनि गोर्खाको समस्याको समाधान अलग अलग तरिकाले गर्नेछ। सिन्हा सर जस्ता हस्तीहरुको पहलमा नै भारतीय गोर्खाको समस्याको समाधान हुनेछ भन्ने मेरो विचार छ।
गोकुल सरको यी प्रेरणादायी शब्दहरूको निम्ति आभारी छु।
अपर्झटको काम राम्रो हुँदैन, सोच विचारको काम राम्रो हुन्छ। अनित थापाले सुरु गर्दै गरेको नयाँ पार्टी सोच विचार कै उपज हो। दलहरुमा विभाजित भएको पहाडमा अनित भाईले सुरु गर्न लागेको पार्टी सफल हुन्छ भन्ने लागेको छ। अनित भाईलाई मेरो धेरै धेरै शुभकामना छ। ९ सितम्बरमा पार्टी घोषणा हुने कार्यक्रममा म अवश्य भाग लिने छु।
अनित थापा
दार्जीलिङ्ग