खरसाङ टेलर युनियनका २५ परिवार गोर्खा जनमुक्ति मोर्चा मा सामेल

Spread the love

2nd Sept 2021

खरसाङ टाउन टेलर युनियनका २५ परिवारहरू बिभिन्न दलहरु त्यागेर गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। सिंहमारी पार्टी कार्यालयमा अध्यक्ष बिमल गुरुङलाई भेटेर उनीहरूले खरसाङ टाउनको बिबिध समस्याहरुको बारेमा बातचीत गरेका छन्। उनीहरुले अध्यक्ष बिमल गुरुङकै छत्र छायाँमा बसेर नै आफुहरुले भोग्दै आएको समस्याहरूको समाधान निकाल्न सकिने बिश्वास व्यक्त गरे। सिंहमारी आई पुगेका युनियनका ती सदस्यहरूसँग बातचीत गर्दै अध्यक्ष बिमल गुरुङले भने “हामीले कुनै पनि ठाउँमा काम गर्नको निम्ति पहिले हाम्रो धरातल मजबुत बनाउनुपर्छ। आफ्नो कार्यकालमा कहिले पनि अल्पसंख्यक अनि व्यवसायी समुदायलाई दुःख दिने काम गरिन।खरसाङमा पर्यटन व्यवसायलाई फस्टाउन प्रोत्साहन दिनु पर्छ त्यहाँ पर्यटकहरुलाई आकर्षित गराउने संसाधन हरूको बिकाश गर्नु पर्छ जसले गर्दा त्यहाँको स-सानो होटेलहरूको,टेलरहरूको अनि व्यवसाय गरेर आय आर्जन गर्ने सबै व्यवसायी समुदायको आय श्रोत बढेर जाओस् भन्ने बिषयलाई ध्यानमा राखेर काम गर्नु पर्छ। मान्छेले जे सुकै भनोस् हाम्रो भिजन क्लियर छ, हामी जातिको, समाजको अनि क्षेत्रको बिकास र उन्नतीको निम्ति काम गर्छौं। तपाईंहरु को कहाँ को कहाँ हुनुहुन्थ्यो अब आफ्नो घरमा आउनु भएको छ अब हामी मिलेर काम गर्नु पर्छ।” खरसाङ टाउन कमिटी सचिव बिकास तिरूवा, उपाध्यक्ष राजु सेवा, १२ नम्बर वार्ड का सभापति गोपाल प्रधान, सचिव श्याम प्रधान अनि महकुमा प्रचार प्रसार सचिव मधुकर गुरुङको नेतृत्वमा उनीहरू यहाँ आई पुगेका थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *