एम जी सुब्बा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष पदमा नियुक्त अनि किशोर गुरुङ गोरामुमो केन्द्रीय समिति अध्यक्ष पदमा नियुक्त ।

आज गोरामुमो केन्द्रीय कार्यलय दार्जीलिङमा गोरामुमो केन्द्रीय समितिको बैठक अध्यक्ष मन घिसिङको अध्यक्षतामा बस्यो । सभामा बर्तमान पहाडको राजनीतिक परिवेश लाई माथी चर्चा परिचर्चा गरियो । दार्जीलिङ ब्राञ्च कमिटीको रिक्त रहेको अध्यक्ष पदमा एम जी सुब्बालाई अध्यक्ष मन घिसिङले नियुक्त गरेका छन् । यसक्रममा किशोर गुरुङलाई अध्यक्ष मन घिसिङ द्वारा केन्द्रीय समिति उपाध्यक्ष पदमा नियुक्त गरेका छन् । सभा पछि केन्द्रीय कार्यलय प्रबक्ता वाई लामाले पत्रकारहरुलाई जानकारी गराउदै भने , 1986 साल देखि संस्थापक अध्यक्ष सुबास घिसिङ संग साथमा रहेर कार्य गर्दै पार्टीलाई दरिलो बनाउन किशोर गुरुङले आफ्नो अहम भुमिका निभाउदै आएका छन् र आजको दिन सम्म गोरामुमो पार्टी मा एउटा धुरी खम्बा भएर आफ्नो योगदान पुर्याउदै आएको कारण किशोर गुरुङलाई वहाँको योगदान लाई सम्मान गर्दै अध्यक्ष मन घिसिङले आज किशोर गुरुङलाई केन्द्रीय समिति को उपाध्यक्ष पदमा नियुक्त गरेका छन् । यसैक्रममा दार्जीलिङ पहाडमा 2007 देखि राजनैतिक परिवेश बद्लिएपछी गोरामुमोलाई राजनैतिक भेदभाव गरि विभिन्न यातना दिएका थिए यस्तो अवस्थामा सुबास घिसिङले पार्टीलाई बलियो बनाउनको निम्ति 2013 सालमा एम जी सुब्बालाई दार्जीलिङ ब्राञ्च कमिटीको कन्भेनर नियुक्त गरेका थिए। त्यस समयको चुनौतीलाई सामना गर्दै आफ्नो पार्टीलाई बलियो बनाउनको निम्ति अहम भुमिका निभाएका थिए । उनको यस महत्त्वपूर्ण भुमिका लाई सम्मान जनाउदै अध्यक्ष मन घिसिङले एम जी सुब्बालाई गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीको अध्यक्ष पदमा नियुक्त गरेको वाई लामाले जानकारी दिएका छन् । आज केन्द्रीय कार्यलयमा सांङ्ठनिक गतिविधिलाई तीब्र पार्न हेतु केन्द्रीय समितिको बैठक बसेका छन् साथै आज भ्रातृ संगठनका प्रतिनिधिहरु संग साङ्ठनिक गतिविधि विषय लिएर बैठक बसेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।