अबैद्य निर्माणहरूमाथि रोक लगाउनु पर्ने गुन्जियो गरयो मांग।
अबैद्य निर्माणहरूमाथि रोक लगाउनु पर्ने गुन्जियो गरयो मांग।
भूइचालो जस्ता प्राकृतिक प्रकोपदेखि सुरक्षित राख्न अबैद्य निर्माणहरूमाथि कार्यवाही जरूरी: एडवार्डस
दार्जीलिङ 14 सेप्टेम्बर: अबैद्य निर्माणहरूमाथि रोक लगाउँनु पर्ने अजय एडवार्डसले पालिका र जिल्ला प्रशासन समक्ष लगाए गुहार।दार्जीलिङ प्रेस गिल्डमा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले दार्जीलिङ नगरपालिका क्षेत्रहरूमा दिनो दिन निर्माण भई रहेको अबैद्य निर्माणमाथि रोक लगाउनु पर्ने दार्जीलिङ नगरपालिका र जिल्ला प्रशासन समक्ष गुहार लगाए।तिनले अधि भने आफु सदर तीन नम्बर समष्टि बाट निर्वाचित भएको हुनाले आफु लगायत सभासद रोवर्ड छेत्री र सभासद प्रधान दार्जीलिङ नगरपालिकाको 32 वटा वार्डहरू अन्तर्गत पर्ने भएको हुनाले दार्जीलिङ शहरमा बडदो विल्डिङहरूको निर्माणहरूको कारणले गर्दा भइचालो जस्ता प्राकृतिक आपदा आई परेको खण्डमा धेरै नोक्सान हुनेछ भन्ने एडवार्डसले बताए। दार्जीलिङ नगरपालिकाको 32 वटा वार्डहरू मध्ये 18 वटा वार्डहरूमा हाम्रो पार्टीले जीत हासिल गरेको हुनाले गर्दा दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टी बोर्ड रहेको छ।त्यसरी नै दार्जीलिङ नगरपालिकामा गोजमुमो ,भागोप्रमो,तृणमूल काग्रेस आदिको पनि नगरपार्षदहरू रहेको हाम्रो पार्टी अध्यक्ष एडवार्डसले बताए।नगरबासी ले हाम्रो पार्टीलाई पाँच बर्षको लागि सेवा गर्ने मत दिएको हुनाले यो पाँच सालको अवधि नगरबासीहरूको हितमा काम गरौ भन्ने सोच लिएर काम गर्ने अध्यक्ष एडवार्डसले बताए।विगतका नगरपालिका चेयरम्यानहरू एंव नगरपार्षदहरू ले के गरयो,के गरेनन त्यसको पछि नकुदेर बर्तमान स्थितिमा भई रहेको अबैद्य निर्माणहरूमाथि रोक लगाउनु पर्छ भन्ने दार्जीलिङ नगरपालिका समक्ष हाम्रो पार्टी अध्यक्ष एडवार्डसले आहवान गरयो।बंगाल नगरपालिका नियम अनुरूप दार्जीलिङ पहाडमा 11.9 मिटर अग्लोसम्म विल्डिङ हरूको निर्माण गर्ने प्रवाधान रहेको छ।यसदेखि माथि निर्माण गरिएको विल्डिङहरूलाई अबैद्य ठहर गरिनेछ भन्ने हाम्रो पार्टी अध्यक्ष एडवार्डसले बताए।अबैद्य निर्माण हरूलाई रूपियाँ पैसाले बैद्य बनाउने प्रयास भई रहेको छ तर जति नै रूपियाँ पैसा खर्च गरे पनि अबैद्य अबैद्य नै हुन्छ अनि त्यो अबैद्य निर्माण पूस्तासम्म अबैद्य रहनेछ भन्ने बताए।हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले अधि भने अबैद्य निर्माणहरूको जाँच कार्यमा यदि मेरो धर एंव विल्डिङ नै अबैद्य भेटटाएको खण्डमा कार्यवाही गरियोस तर अबैद्य निर्माणहरूमा रोक लगाउने काम शीध्र हुनु पर्छ भन्ने एडवार्डसले दोहोराए। दार्जीलिङ शहरको कतिपय क्षेत्रहरू दलदले क्षेत्र भएको हुनाले गर्दा भोलीको दिनमा भूइचालो आदि जस्ता प्राकृतिक आपदा आएको खण्डमा दार्जीलिङ नगरपालिका क्षेत्रमा ठूलो क्षति हुनेछ भन्ने तिनले बताए।हाम्रो पार्टीले दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीले बोर्ड गठन गरेको केही दिनभित्रमा राज्यकी मुख्यमंत्री ममता ब्यानर्जीले पनि अबैद्य निर्माणहरूमाथि तीखो नजर राख्ने अनुरोध गरेको थियो भन्दै दार्जीलिङ शहरलाई भूइचालो जस्ता प्राकृतिक आपदादेखि सुरक्षित राख्न जिल्ला प्रशासन, पुलिस प्रशासन समक्ष पनि हाम्रो पार्टी अजय एडवार्डस ले आहवान गरयो।