अनित थापा, अध्यक्ष, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा

Spread the love

“मिसन पञ्चायत। आफ्नो गाउँ आफै सुधार गरौं ‘ को सन्देश घर घरमा पुरयाउने छौ।” अनित थापा

हामीले आफ्नो सोच अनि विचार आफ्नै पार्टीबाट सुरु गर्नु पर्छ भन्ने सोचले नै नयाँ पार्टीको गठन गर्यौ। पार्टीलाई अभिभावकको खाँचो छ भन्ने हाम्रो प्रथम सोचलाई मुर्तता दिँदै हामी माझ अमर राई, अमर लामा , विजय राई , दुर्गा खरेल मुनिन्द्र सर आदि छन। यस्तै अभिभावकको दिशा निर्देशमा बी जी पि एम आज बढेर गएको छ।

जति संघर्ष हामीले गर्यौ त्यति नै संघर्ष हाम्रा कार्यकर्ताहरुले गरेका छन्। तर हाम्रो संघर्ष अझ जारी छ। ट्रेड युनियनले चिया श्रमिकको हितको निम्ति दिन रात लागेका छन्।

डा हर्क मेरो राजनैतिक गुरु हुन्। म उनलाई बी जी पि एमको अभिभावकको रूपमा हेर्नु चाहन्छु। अव्यवस्थित पहाडलाई व्यवस्थित पहाड बनाउन डा हर्क बहादुर सरको खाँचो छ।

बी जी पो एम पार्टीले हाम्रो सन्तानलाई अनि अरूलाई कहिले गाली गर्ने छैन। यो हाम्रो धर्म हुनेछ। गालीको राजनीति हामी गर्ने छैनौं।

चुनाव समय पञ्चायती व्यवस्था फर्काएर ल्याउने छौ भनेका थियौं। अहिले दुई स्तर भए पनि पञ्चायत चुनाव हुनेछ।

बी जी पि एम को सोचलाई माया गर्नु हुन्छ भने भोलि देखि हरेकको घरको धुरीमा झण्डा फराएको हुनुपर्छ।

मिसन पञ्चायत। आफ्नो गाउँ आफै सुधार गरौंको सन्देश घर घरमा पुरयाउनेछौ।
अब सरकारको पालो हो पहाडलाई सरकारले के गर्छ। हामीलाई पहाडले हेरिरहेको छ। पहाडमा सुव्यवस्था स्थापना गर्नु पर्छ।
अभिभावकहरुलाई लिएर सल्लाहकार समिति गठन गरिनेछ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *