अठाह्र दिनपछि मानेभञ्ज्याङ देखि मजुवा सम्मको सडक मार्ग खोलिन सफल भएको छ।

अठाह्र दिनपछि मानेभञ्ज्याङ देखि मजुवा सम्मको सडक मार्ग खोलिन सफल भएको छ। सुकिया मानेभञ्ज्याङ समष्टिको सभासद उदय देवान एन इ रवि राई एस ए इ हरि प्रधान टाँसी छिरिङ भुटिया मजुवा खण्डको अध्यक्ष धनश्याम गुरुङ लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समष्टी अध्यक्ष बुध्दलाल तामाङ अनि अन्यन्यको उपस्थिति बिच सडक मार्ग आजदेखि औपचारिक रुपमा खोलिएको बताएका छन्।
उक्त सडक गत १४ अगस्टको मुसलधारे बर्षाको कारण क्षतिग्रस्त भएको थियो ।
साथै सडक पु्रण रुपले मर्मत गरेर आजदेखि खोजिएपछि स्थानीय बासिन्दाहरूले जीटिए प्रमुख अनित थापा समष्टी सभासद उदय देवान लगायत अभियन्ता विभागका कर्मचारीहरु प्रति पनि आभार प्रकट गरेका छन्।