अजय एडवर्डले पुरा गरे आफ्नो बचन:लदाम बस्तीका पैह्रो पिडित परिवारहरूलाई गरे सहयोग राशि अनि ३ वटा इस्टेचर प्रदान


कालेबुङ-लदाम,१९ नोभेम्बर २०२१(निसं)
गत १९ अनि २० अक्टोम्बरमा आएको अबिरल बर्षाको कारण कालेबुङ जिल्ला अन्तर्गत कागे ग्राम पञ्चायत स्थित लदाम बस्तीको बिभिन्न दुर्गम क्षेत्रहरुमा पैह्रोले घर, जमिन अनि वहानहरू क्षतिग्रस्त भएको थियो।
उक्त दुःखद घडीमा दार्जिलिङका अजय एड्वर्ड फाउंडेशन निर्देशक अजय एड्वर्डको निर्देश अनुसार गत २७ अक्टोम्बर २०२१ को दिन कालेबुङ जिल्लाका ६ जना टोलीले लदाम बस्तीको पैह्रोग्रस्त क्षेत्रहरू सेउले देखि लेप्चा गाउँसम्म पैदल यात्रा गरि निरिक्षण गरेका थिए।
उक्त टोली लदाममा पक्का सड़क नभएको कारण साढे ३ घण्टा पैदल यात्रा गरि लेप्चा गाउँ पुगेका थिए। निरिक्षण टोलीमा प्रीतम शर्मा,स्याम गौतम,निमा छिरिङ्ग भोटिया,सेबेस्टियन सन्जु प्रसाद,बिबेक सुन्दास अनि केजर शहा रहेको थियो।
टोलीले सेउले देखि लदाम- स्कूल डाँडा हुदै लेप्चा गाउँसम्मको कच्चा सड़क, पैह्रोग्रस्त क्षेत्रहरू निरिक्षण गरेका थिए।
रेसी खोला बड़ेर लेप्चा गाउँ निवासी बुद्ध लेप्चाको कमान्डर वहान सम्पुर्ण रूपले क्षतिग्रस्त भएको थियो भने पैह्रोको कारण उनको घर अनि अलाईची खेती जमिन पनि क्षतिग्रस्त बनाएको थियो।उक्त टोलीले लेप्चाको घर,जमिन अनि रेसी खोलामा क्षतिग्रस्त भएको वहानको पनि निरिक्षण गरेका थिए।
अजय एडवर्ड कालेबुङ जिल्ला टोलीले हिजो फेरि लदाम बस्तीको भ्रमण गरि पैह्रो पिडित ४ परिवारहरूलाई २-२ हजार सहयोग राशी अनि बुद्ध लेप्चालाई १० हजार रूपिँया सहयोग राशि हस्तान्तरण गरेका छन् भने लदाम क्षेत्रको निम्ति बिरामी बोक्ने ३ वटा इस्टेचर पनि प्रदान गरेका छन्।